२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

जिल्ला सदरमुकामसँग यातायात जोडिने


६ फाल्गुन २०७४, आइतबार  

35
Shares

हेटौँडा, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताए।

नगरसभामा बैठकमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामाले उपमहानगरका १९ वडामा सडक निर्माण, खानेपानी, स्वास्थ्योपचार, कृषि, सडक, कृषि उत्पादन, वातावरणमा सुधारका लागि भइरहेका कामको विवरण प्रस्तुत गर्नुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार  ११ : ०३ बजे