६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

एमाले र माओवादीबीच पार्टी एकता, सातबुँदे सहमति

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको छ ।
दल दर्ताका लागि भोलि नै निर्वाचन आयोगमा जाने नेताहरुले बताएका छन् । दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको छ । तर, यो विषय सहमतिमा उल्लेख गरेका छैनन् ।
साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन् । आलोपालो प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली भइसक्नुभयो भन्ने कूटनीतिक जवाफ दिएका छन् ।एमाले र माओवादीबीच पार्टी एकता, सातबुँदे सहमति
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको छ ।
दल दर्ताका लागि भोलि नै निर्वाचन आयोगमा जाने नेताहरुले बताएका छन् । दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको छ । तर, यो विषय सहमतिमा उल्लेख गरेका छैनन् ।
साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन् । आलोपालो प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली भइसक्नुभयो भन्ने कूटनीतिक जवाफ दिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार  ६ : ०० बजे