सुर्खेत, उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ ।
सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरेको हो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताए । यहाँका उत्पादनलाई बाहिरी देशमा निर्यात गरी आम्दानी गर्न सक्ने अवस्थामा यहाँका जनता रहनुपर्नेमा उहाँले जोड दिए।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जडीबुटी प्रशस्त मात्रामा भए पनि अझै पनि सही सदुपयोग हुन नसकेकाले प्रदेशमा भएका जल, जमिन, जडीबुटी, पर्यटनस्थललाई सही सदुपयोग गरेर अघि बढ्न यहाँका उद्योगी–व्यापारीलाई आग्रह गरे।

सुर्खेत उद्योग वाणिज्य संघको यू ट्युब च्यानल संघका हरेक गतिविधिलाई डिजिटल प्रविधिमार्फत बाहिर ल्याउनका लागि च्यानल सञ्चालन गरिएको संघका अध्यक्ष प्रकाश अधिकारीले बताए । च्यानलले संघका हरेक कार्यक्रमका गतिविधिलाई दर्शकसमक्ष पु¥याउने र संघलाई सुशासन प्रवद्र्धनमा अगाडि बढ्न मद्दत मिल्ने बताइएको छ ।







