‘मिस राईजिङ मोडल २०१८’ को ताज सविता बाहिङ राईले पहिरिएकी छिन् । सोलुसन म्युजिक प्रालीको आयोजनामा भएको ‘मिस राईजिङ मोडल २०१८’ को ताज बाहिङले जितेकी हुन् ।
उनले मिस राईजिङ मोडलको ताजसँगै मिस ट्यालेण्ट र वेस्ट कपलको अवार्ड पनि जितेकी छिन् । ग्राण्ड फिनालेमा १२ प्रतिस्पर्धिलाई पछि पार्दै बाहिङले उक्त ताज पहिरिएकी हुन् । ‘सब टाइटल, थर्ड रनर अप, सेकेन्ड रनर अपहुँदै फस्टरनर अप घोषणा भैसकेको थियोे । वेस्ट कपल र मिस ट्यालेन्ट सब टाइटल अवार्ड जितिसकेका थिए । जसले गर्दा घोषणा हुन बाँकी टाइटल अवार्ड पाउदिन कि भन्ने उनको मनमा खेलिरहेको थियो । तर मिस राईजिङ मोडल २०१८ म नै घोषित भए ।’ भन्दै उनले त्यस बेलाको अनुभुती सुनाईन् । ‘म केही पनि सम्झिनै सकिन सपना जस्तो लाग्यो स कार्यक्रममा आफन्त साथिहरु पनि हुनहुन्थ्यो उहाहरु सङ्ग खुसी साटासाट भयो अत्यन्तै रमाइलो लाग्यो ।’
अन्तिम प्रश्नोत्तर राउन्डमा सोधिएको प्रश्न ‘तपाईको आदर्श व्यक्ति को हुन र किन ?’ को सटिक उत्तर ‘जसरी एउटा रुखको लागि आफ्नो जराको भुमिका महत्वपूर्ण हुन्छ त्यसरिनै एक व्यक्तिको जीवनमा पनि उसलाई सहि बाटोमा पाईला चाल्न सिकाउनको लागि एक आदर्श व्यक्तिको महत्त्वपूर्ण भुमिका हुन्छ त्यो आदर्श व्यक्ती भनेको मेरो आमा र बाबा हुन जसले मलाई सहि बाटोमा पाईला चाल्न सिकाउनु भयो सजिवनमा संघर्ष गर्न सिकाउनु भयो । त्यसैले म आफ्नो छातिमा हात राखेर गर्वका साथ भन्छु कि मेरो आदर्श व्यक्तिहरू भनेको आमा र बाबा नै हुनुहुन्छ ।’ यो उत्तरले बाहिङलाई मिस राईजिङ मोडल २०१८ को बिजेता बन्न निर्णायक भुमिका खेल्यो ।
सविता बाहिङ राईलाई मिस राईजिङ मोडेल २०१८ को टाईटल अवार्ड जित्न यति नै काफी त थिएन उनको प्रस्तुति, उत्घोषण, वाककला, अनुशासन र शुन्दरता लगायत थप गुणहरु उनमा थियो नै । उनी भन्छिन ‘फाईनल प्रश्नोत्तर राउन्डमा राम्रो गरे र जिते जुनमा ५० मार्क थियो, अनि जित्छु भन्ने आत्माविस्वास पनि मसङ्ग थियो ।’
राईजिङ मोडेलको ताज पहिरिएसँगै सविता बाहिङले ताज, अवार्ड, नगद पुरस्कार ट्रावल एन्ड टुर्सको अवसर पनि पाएकी छिन । छ महिने प्याकेजमा म्युजिक सोल्युसन प्रालिले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने छिन । यत्ति मात्र होइन दुई वटा म्युजिक भिडियोमा अभिनय समेत गर्ने अवसर पाएकी छन् ।
उनले पहिल्यै निलम रोजु राईको ‘चौबन्दी चोलिमा’ बोलको गितमा कभर भिडियो खेलेकी छन भने अरुण चाम्लिङको ‘यो कान्छिको वैश’ बोलको गीतमा कोरस नृत्य गरिसकेकी छन ।
मिस राइजिङ मोडलको टाईटल अवार्डसँगै मिस कपल र मिस ट्यालेन्ट अवार्ड जितेर विभिन्न अवसर पाईसक्दा पनि सविता बाहिङमा कुनै बदलाव देखिदैन न त उनको घमण्ड नै बढेको छ । तर उनको दायरा अवश्य बढेको छ । भन्छिन फेसबुकमा फ्रेन्ड रिक्यस्टको ताती बढेको छ, लाईक दुई तीन सयमा सिमित हुन्थ्यो हजार कटेको छ । मलाई चिन्नेहरुको संख्या बढेको छ । उनको हाउभाउ भने यस्तो लाग्छ कि उनले मिस राईजिङको ताज पहिरिएकी हैन । यो सफलताबाट उनको आत्माविस्वास र मनोबल थप बढेको तर घमण्ड भने घटेको बाहिङमा स्पष्ट देख्न सकिन्छ । कुनै घमण्डले सफलता हासिल गरेको हैन आत्माविस्वासले चाहिँ हो भन्ने उनको भनाइ छ । हो घमण्डले नकारात्मक दिशा तर्फ र्डोयाउदै पतन गर्छ भने आत्माविस्वास ले सकारात्मक दिशा तर्फ र्डोयाउदै सफलता दिलाउछ ।
उनी कम बोल्छिन ज्यादा सुन्छिन । उनि यसरी खुल्छिन पनि ‘जिन्दगी भनेको सिकाई हो सिर्जना हो, सफलताको लागि लगनशील भएर दिनरात मिहेनत गर्नेलाई कुनै बाधाअड्चनले रोक्न सक्दैन । मैले पाएको यो सफलता पहिलो र सम्मानजनक स्तरको हो । मेरो यात्रा अझ लामो छ मैले पाएको यो सफलता मेरो लागि अब आउने दिनहरुमा अझ धेरै सफलताको शिखर चड्ने एक खुड्किलो हो । एक कदम मात्र हो ।’
बाहिङले मिस राइजिङ मोडलमा भाग लिने दौरान तितो अनुभुती पनि सङ्गालेकी छन् । साथिबाट यो कार्याक्रम बारे थाहा पाएपछि मलाई नी सहभागी हुने इच्छा भयो जसको लागि फर्म शुल्क र ट्रेनिङ शुल्क १० हजार जुटाउन गाह्रो थियो गाउमा ममिले तत्काल उपलब्ध गर्न सक्ने स्थिति थिएन । म ममिलाई थप आर्थिक भार दिने पक्षमा थिइन । तै पनि मैले सुस्मा आन्टिसँग कुरा राखे हप्ता दिन पछि मात्र हुने भो । दिदिसँग नी कुरा गरे उहाँसँग नी तत्काल थिएन पछि दिदी र आन्टीले हप्ता दिनमा जुटाउनु भयो । उनले दुःख सुनाईन । आर्थिक समस्याको बावजुद सशक्त प्रतिस्पर्धी को रुपमा आफुलाई उभ्याईन र मिस राईजिङ मोडल १०१८ को बिजेता समेत बनिन । आफूले टाइटल अवार्ड चुम्दा भने ती तिता अनुभुति फिका भएको उनको भनाइ छ ।
सविता सानै उमेरबाट गाउमा हुने सास्कृतिक कार्यक्रममा नाच्दै हिडेको र दुई पटक उनको समूहले प्रथम स्थान हासिल गरेको उनको आमा चन्द्रकुमारी बाहिङ बताउनु हुन्छ । विशेष तिहारमा र स्कुलमा हुने साँस्कृतिक कार्यक्रममा आफू सहभागी हुनेगरेको र प्रथम समेत भएको र त्यसैको प्रभावले आफूलाई नृत्य तथा कला क्षेत्रमा लाग्न प्रेरित गरेको सबिता बताउछिन् ।
सविता बाहिङको जन्म बुवा गुणराज बाहिङ राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०५७ जेठ १० गते ओखलढुंगा, मानेभञ्ज्याङ ४ पङ्खुमा भएको हो । उनको बुवा २०६४ मा असमायिक निधन भैसकेको छ । आमाको एक्लो छत्रछायामा एक दिदी एक बहिनी र एक भाई सहित सविता हुर्किन । कक्षा ८ सम्म पङ्खु गाउकै कालिका नि.मा.वि.मा अध्ययन गरिन भने गाउबाट ५ कि.मि टाढा केत्तुकेको भिम्सेन स्थान मा.वि.बाट एस.एल.सि उत्तिर्ण गरिन । बाहिङ २०७२ को भुकम्पसँगै सपनाको शहर काठमाडौ उच्च अध्यनको लागि आएकी हुन । अहिले के.एम.सि कलेज कोटेश्वरमा कक्षा १२ मा अध्यन गर्दै छन् ।
उनी जडिबुटी, काठमाडौंमा बस्दै आएकी छन् । अध्यनको आलवा मोडलिङ, कोरियोग्राफी र अभिनय लाईसँगै अगाडी बढाउने उनको सोच छ । प्लसटूको पढाई सकेपछि अभिनय सिक्ने योजना बुनिसकेकी छन भने एक वर्ष देखि नृत्य सिक्दै आएकी छन् । सविताको पहिलेबाटै नृत्यमा विशेष रुचि भएकोले नृत्य प्रशिक्षणमा भर्ना गरेको उनको आफन्त सुस्मा राईले बताए । सुस्मा भन्छिन ‘सविताको मोड्लिङ, अभिनय कोरियोग्रफीमा विशेष रुचि राख्छिन् । आफ्नो रुचिको क्षेत्रमा लगनशील, मिहिनेती, अनुशासित भएर लाग्ने उनको बानी छ त्यसैले सफल हुन्छ भन्ने विश्वास रहेको छ । उसले सुधार गर्नु पर्ने धेरै छन् । कमिकमजोरी सुधार्दै अघि बढछिन भन्ने आशा छ । ‘सबिताको आमा चन्द्रकुमारिको पनि सविता प्रति उस्तै बुझाइ छ । उनलाई छोरी अनुशासित, समझदार, र केही कम बोल्ने छिन जस्तो लाग्छ ।
अवश्य सविता बाहिङमा सकारात्मक गुणहरु छन र त काठमाडौ आएको छोटो समयमै प्रगती पथमा छिन् । सविता बाहिङ आफ्नो भाषा सस्कृतीप्रति त्यति नै चासो राख्छिन् । आफ्नो भाषा, सँस्कार सँस्कृतिको राम्रो ज्ञान् भएकोमा उनी गर्व गर्छिन् । उनी भन्छिन ‘भाषा सँस्कृती भनेको हाम्रो पहिचान हो, आफ्नो भाषा सँस्कृती भुलेर अरुको अङ्गाल्नु गलत हो ! यसो गर्नेलाई पुर्खाले नी सराप्दो होला !’
अध्ययनसँगै मोडलिङलाई अगाडि बढाउने सोचका साथ चुनौती र अवसरको सहर काठमाडौमा सविता बाहिङ संघर्षरत छिन् । बाहिङ चुनौतीलाई अवसरमा बदल्न अभयस्त पनि हुँदै छिन । उनले मिस राईजिङ मोडल २०१८ को बिजेता बनेर आफुलाई साच्चै उदाउँदो मोडलको रुपमा प्रस्तुत गरेकी छन् ।
साभारः चाम्फुरी मासिक ।
१३ फाल्गुन २०७४, आइतबार
357
Shares







