ओखलढुंगाको विद्यालयमै पहिरो, प्रहरी चौकी उच्च जोखिममा

0 Shares

ओखलढुंगा, भदौ २८– शनिवारदेखको अविरल बर्षाले ओखलढुंगाको टारकेराबारी गाविसको जाल्पा माविमा पहिरो गएको छ । पहिरोले विद्यालय चर्किएको छ भने टारकेराबारी गाविसको वडा नं ७ का दुई घर पुरिएका छन् । पहिरोले घर पुरिन थालेपछि दुई परिवार विस्थापित भएको स्थानीय बासिन्दाले बताएका छन् ।
त्यस्तै अस्थायी प्रहरी चौकी श्रीचौर पनि पहिरोको चपेटामा परेको छ । पहिरोले चौकीको भवनको जगै बगाएपछि चौकी विस्थापित भएको छ । तीन दिनको लागातार वर्षाले सिद्धिचरण राजमार्ग र ओखलढुंगाका सबै सडक अबरुद्ध भएका छन् । सडक सुचारु नहुँदा ओखलढुंगामा यातायात संचालन हुन सकेका छैनन् ।
त्यस्तै पहिरोकै कारण कटुञ्जे गाविसमा दुई परिवार विस्थापित भएका छन् । पहिरोले घर चर्किएपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बाढी पहिरोको क्षतिबारे विवरण संकलन भइरहेको प्रहरी नायव उपरिक्षक मिलन केशीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार