६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

मन्त्रालयमा भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास असफल



काठमाडौं । एमाले–माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए ।

फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, वार्तामा सहभागी एक नेताले भने ।
मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ । संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहिबार  १० : ३७ बजे