७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

कांग्रेसको राष्ट्रपति उम्मेदवार को ?


१८ फाल्गुन २०७४, शुक्रबार  

105
Shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भए पनि कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा नेपाली कांग्रेसले छलफल नै सुरु गरेको छैन ।

जनता पोस्टका अनुसार २१ फागुनमा पार्टी संसदीय दलको चुनाव हुने भएकाले पार्टी सभापति शेरबहादुर देउवालगायत सबै नेता यसमै केन्द्रीत भएका छन् ।
कांग्रेस नेता बालकृष्ण खाँडले संसदीय दलको नेता छनोटपछि यसबारेमा टुंगो लगाइने बताएको जनता पोस्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार  २ : २४ बजे