काठमाडौं । नयाँ पत्रिकामै रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गरिदिने कार्यक्रम ल्याएको समाचार छ ।

लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । समाचार अनुसार गाउँपालिकाले खातामा जम्मा गरिदिएको रकम बालिका २० वर्षकी भएपछि मात्रै चलाउन पाइने छ । त्यसअघि विवाह गरे सो रकम गाउँपालिकाको खातामा जाने गाउँपालिकाले जनाएको छ ।
२० फाल्गुन २०७४, आइतबार
119
Shares







