पाल्पामा १७६ जनालाई ‘नाबालक परिचयपत्र’

0 Shares

पाल्पा, १२ भदौ । पाल्पा जिल्लामा ‘नाबालक परिचयपत्र’ लिनेको सङ्ख्या बर्सेनि बढेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले आव २०७२÷७३ मा १७६ जनालाई ‘नाबालक परिचयपत्र’ वितरण गरेको छ । यो सङ्ख्या बर्सेनि बढ्दै गएको देखिएको हो । २०७१÷७२ मा १६५ मा जारी गरी वितरण गरेकामा ६.६६ प्रतिशतले बढेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताउनुभयो ।

सोह्र वर्ष उमेर नपुगेका बालबालिकालाई स्वदेश तथा विदेशमा अध्ययन गर्नका लागि नेपाली नागरिकको प्रमाणका रुपमा ‘नाबालक परिचयपत्र’लाई लिन थालेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बर्सेनि बढेको हो ।

बालबालिकाले राहदानी बनाउँदा पनि पहिला नाबालक परिचयपत्रका आधारमा मात्र राहदानी बन्ने गर्दै आएको छ । यहाँका बालबालिका आफ्ना अभिभावकसँग विदेश जाने पनि बढेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा अघिल्लो आवमा विवाह दर्ता छजना, संस्था दर्ता ४३ थान, ठाडा उजुरी ७१, पत्रिका दुई, विविध सिफारिस ५००, हातहतियार नवीकरण १४ र भूपू सैनिक पेन्सनका लागि सिफारिस आठ हजार ५८८ थान सिफारिस गरिएको प्रजिअ गौतमले जानकारी दिनुभयो ।

हातहतियार नवीकरण गर्नेको सङ्ख्यामा ४१ प्रतिशतले कमी आएको छ र पत्रिका दर्तामा ३३ प्रतिशतले कमी देखिए पनि जिल्ला प्रशासनबाट हुने अन्य काममा भने बर्सेनि बढेको देखिएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार