६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

दुर्घटनामा छ महिनामा ३३ जनाको मृत्यु



सिरहा । चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन् ।
साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए ।
सो अवधिमा १ सय ८८ वटा सडक दुर्घटनामा परी १ सय ७५ पुरुष, ३८ महिला र २७ बालबालिका घाइते भएका थिए । सबैभन्दा बढी १ सय २० वटा मोटरसाइकल दुर्घटना भएको थियो । सडकमा छाडिने छाडा पशुचौपाया, सडक बिग्रिएको र चालकको लापर्बाहीलगायत कारणले दुर्घटना बढेको प्रहरी निरीक्षक चुँडाले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार  ६ : १० बजे