६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

प्रदेश १ लाई ‘किरात’ नामाकरण गर्दा मलाई गौरव लाग्छ : प्रचण्ड [भिडियोसहित]



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं. १ लाई किरात प्रदेश नामाकरण गर्दा गौरव लाग्ने बताएका छन् । किरात राई यायोक्खाको ज्ञापनपत्र लिँदै अध्यक्ष प्रचण्डले किरात प्रदेशको बारेमा जानकार भएकाले माओवादीलाई भन्दा एमाले र कांग्रेसलाई बढि भन्न र पहल गर्न आग्रह गरेका हुन् ।

‘किरात राष्ट्रिय मुक्ति मोर्चा बनाउने बेलामा यो प्रदेशलाई अन्ततः लिम्बुवान, खम्बुवानभन्दा किरात नै बनाउँदा ठिक हुन्छ भन्ने मान्छे मै हुँ’ अध्यक्ष दाहालले भने ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/ApdkGtvrXLs
किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवश राईले प्रदेश १ को भूभाग किरातीहरुको थातथलो भएकाले किरात प्रदेश नामाकरण गर्न अनुरोध गरे । कार्यबाहक राईले किरातीहरुको आत्मा गौरवको लागि भए पनि किरात प्रदेश नामाकरण गर्नु पर्नेमा जोड गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/owwGgG-rjM4
ज्ञापनपत्र किरात राई यायोक्खाका महासचिव जीवन हाताचोले पढेर सुनाएका थिए । ज्ञापनपत्रलाई राष्ट्रिय दलका सबै अध्यक्ष र १ नं. प्रदेशका मुख्यमन्त्री एवं सम्पूर्ण सांसदहरुलाई बुझाउने संस्थाले निर्णय गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/9anPB5b33ag

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार  ५ : ०४ बजे