२४ माघ २०८२, शनिबार | Sun Feb 8 2026

आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिसँग छलफल


२७ फाल्गुन २०७४, आइतबार  

7
Shares

 

काठमाडाँै, निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका क्रममा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया तथा छलफल गरेको छ ।

आयोगमा आज भएको छलफलमा नेकपा ९एमाले०, नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाललगायत प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले देशको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचन त्रुटिरहित तवरले सम्पन्न गर्ने सन्दर्भमा सबै राजनीतिक दलसँग सहयोगका लागि आग्रह गरे ।

निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालको उपस्थिति रहेको उक्त कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनसम्बन्धी कानूनी व्यवस्था, गर्नुपर्ने व्यवस्थापकीय पक्ष, मतदान गर्ने सही तरिका तथा मतगणनासम्बन्धी विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  १२ : २३ बजे