६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

एनसिसी बैंकका १३ कर्मचारी पक्राउ


२ चैत्र २०७४, शुक्रबार  

7
Shares

काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड ९एनसिसी० को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

ब्यूरोले आज बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

उहाँका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसिसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार  ९ : १४ बजे