काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का डा. शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा तुम्बाहाम्फेले २०१ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम) को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएका थिए ।

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उनी निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।
https://youtu.be/8l-nNue_Xa8
नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई र नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गरेका थिए । उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पु¥याएको व्यक्तित्व हुन ।
२ चैत्र २०७४, शुक्रबार
147
Shares







