५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित


४ चैत्र २०७४, आइतबार  

7
Shares

काठमाडौँ, राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र० का शशिकला दाहाल निर्वाचित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले ९राना०को पक्षमा ११ मत परेको थियो ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्वाचित भएको घोषणा गरेको थियो । दुवै उम्मेदवारको प्रस्तावमाथि राष्ट्रियसभाको आजको बैठकमा छलफल भई हस्ताक्षरसहितको मत विभाजन भएको हो । कूल ५९ सदस्यीय राष्ट्रियसभाको आजको बैठकमा ५६ सांसद उपस्थित थिए ।

बैठकमा काँग्रेसका मुक्ताकुमारी यादव र दुर्गा उपाध्याय अनुपस्थित रहनुभएको संघीय संसद सचिवालयले जनाएको छ । दाहालको प्रस्तावक दीनानाथ शर्मा र समर्थक दिलकुमारी थापा राउत रहेको थियो भने आलेको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा सरिता प्रसाईं थियो।

राष्ट्रियसभाको अध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसक्नुभएको छ । संविधानको धारा, ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था रहेको छ ।

राष्ट्रियसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रियसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी गर्नुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभाको अध्यक्षको अनुपस्थितिमा राष्ट्रियसभाको उपाध्यक्षले राष्ट्रिय सभाको अध्यक्षता गर्नेछन् ।

यसैबीच अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली मस्यौदा समितिको सदस्यमा रहने व्यक्तिहरुको नामावली हेरफेर गरिएको बैठकमा जानकारी गराए । समितिमा यसअघि रहनुभएका सदस्य गणेशप्रसाद तिमिल्सिनाको सट्टामा खिमलाल भट्टराई र जीवन बुढाको स्थानमा रामनारायण विडारी रहनुभएको जानकारी गराइयो । राष्ट्रियसभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतबार  ११ : ४५ बजे