इटहरी । नेपाल तरुण दल जिल्ला शाखाले बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा भएको आगलागी पीडित परिवारलाई सोमबार खाद्यान्न लत्ताकपडा र त्रिपाल वितरण गरेको छ ।
तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ र उपाध्यक्ष सन्तोष विकको नेतृत्वमा गएको राहत वितरण टोलीले अग्निपीडित ४९ घर परिवारलाई त्रिपाल खाद्यान सामग्री चाउचाउलगायत प्रतिपरिवार ११ हजार बराबरको सामग्री उपलब्ध गराइएको जिल्ला अध्यक्ष सिजन गुरुङले जानकारी दिए ।
आगलागि पिडितलाई तरुण दलको राहत विरतण
105
Shares