५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा



दाङ । सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा महराले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताए ।

“अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा निष्पक्ष रुपले काम गर्नेछु” । सभामुख महराले भने ।
अहिले आफ्नो पहिलो काम कानून निर्माण गर्ने भएकाले त्यसका लागि आफू अत्यन्त जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले दाङका जनताका लागि आफ्नो जनप्रतिनिधिको भूमिकामा कतै पनि कमी नआउने बताए ।
सभामुख महराले उद्योग वािण्ज्य संघले उठाएको टरिगाउँ विमानस्थलको स्तरोन्नति, नियमित हवाई उडान सञ्चालन र इन्धन डिपो स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताउँदै “इन्धन डिपो स्थापनाका लागि सम्बन्धीत मन्त्रीसँग कुरा भएको छ, अबको एक महिनामै त्यो काम हुन्छ, बहुउद्देश्य सभाहल निर्माणका लागि पनि शहरी विकास मन्त्रालयसँग कुरा भएको छ,” भने ।
सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले टरिगाउँ विमानस्थलको स्तरोन्नति, इन्धन डिपो निर्माण, बहुउद्देश्य सभाहल निर्माण र व्यावसायिक सुरक्षा लगायतका माग सहितको ज्ञापन पत्र सभामुख महरालाई बुझाएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार  ८ : ५८ बजे