नाम्चेबजार । नेपालकै सर्वाधिक राशीको पुरस्कार भएको खुल्ला भलिवल प्रतियोगीता सगरमाथाको प्रवेशद्धार नाम्चेबजारमा हुने भएको छ । ‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनको लागि नाम्चे घुम्न जाउँ’ भन्ने मूल नाराका साथ नाम्चे यूवा समूहले नेपालकै सर्वाधिक राशी पुरस्कार भएको भलिवल प्रतियोगीताको आयोजना गर्न लागेको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला टेकेको मे २९ तारिक सगरमाथा दिवसको अवसरमा खुल्ला भलिबल प्रतियोगीताको आयोजना गर्न लागेको नाम्चे युवा समूहका खेलकुद संयोजक लामाकाजी शेर्पाले बताए । आउने मे २० तारिख २०१८ बाट भलिबल प्रतियोगीता शुरु हुने समेत संयोजक शेर्पाले बताए । भलिबल खेलाडी तथा खेलप्रेमीहरुलाई कार्यक्रममा सहभागीताका लागि अनुरोध गरिएको पनि शेर्पाले बताए ।
भलिबल प्रतियोगीतामा प्रथम हुने समूहले ५,००,१०१ (पाँच लाख एकसय एक) नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्धितीय हुने समूहले ३,००,१०१ (तीनलाख एकसय एक) नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तृतीय हुने समूहले १,००,१०१ (एकलाख एकसय एक) नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीले ५०,१०१ (पचास हजार एकसय एक) नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
मे २९ तारिखका दिन उद्घोषिका जेनी शेर्पाको साथमा नेपालकै ख्यातिप्राप्त लोकदोहरी कलाकार बद्री पंगेनी, प्रिया भण्डारी, इण्डियन आइडल प्रशान्त तामाङ, पप गायक अभिनाश घिसिङ, डिजे तेञ्जिङका साथै अन्य ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत संयोजक शेर्पाले बताए ।
१० चैत्र २०७४, शनिबार
1.2k
Shares







