खोटाङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन भएका छन् ।
गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित भएका हुन् ।

समितिका सल्लाहकारमा डम्बरसिं राई, दमन राई, भीम राई, उजुर राई र विजय राई रहेका छन् । महासंघ केन्द्रीय सभासद्मा केदार मगर, सङ्गीता राई र डिएम चाम्लिङ तथा पर्यवेक्षकमा डम्बरसिं राई र भीम राईलाई चयन गरिएको छ । यस्तै प्रदेश सभासदमा सूर्य तामाङ, चिसाङ शेर्पा, सुनीता मगर र गोमा राई तथा पर्यवेक्षकमा लालबहादुर मगरलाई चयन गरिएको छ । महासंघको केन्द्रीय महाधिवेशन यही चैत २३ र २४ गते काठमाडौंँमा हुँदै छ ।
११ चैत्र २०७४, आइतबार
189
Shares







