सोलुखुम्बु । आदिवासी जनजाति पत्रकार महासंघ सोलुखुम्बुको दोस्रो अधिवेशनले अध्यक्षमा डिबी खालिङलाई निर्वाचित गरेको छ । खालिङको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

नवनिर्वाचित जिल्ला समितिको उपाध्यक्षमा माया शेर्पा, सचिवमा यमुना मगर र सह सचिवमा कविता तामाङ, कोषाध्यक्षमा उम्रिता राई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शिखा तामाङ, सृष्टि सुनुवार, जेवी थुलुङ र विवश कुलुङ चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय सभासदमा सुजता तामाङ र बुद्धवीर बाहिङलाई चयन गरेको छ । साथै प्रदेश सभासदमा पासाङ बम्जन र विना राईलाई चयन गरिएको छ ।
११ चैत्र २०७४, आइतबार
322
Shares







