६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

सन्दिप लामिछाने आइपिएलका लागि भारत जाँदै



काठमाडौँ । विश्व क्रिकेटको सबैभन्दा ठूलो एव व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङगलबार भारत प्रस्थान गर्दै छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल )खेल्नको लागि भारतको दिल्ली डेयरडेभिल्स क्लबमा आबद्ध भएका नेपालीका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने भारत प्रस्थान पूर्व सोमबार पत्रकारसँग कुराकानी गर्दै ।

दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपियाँमा खरिद गरेको थियो । भारत जानुअघि आज आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आइपिएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुशी लागेको प्रतियोगिता राष्ट्रियभन्दा फरक हुने भएकाले यसलाई अवसरका रुपमा लिएको बताए ।
क्रिकेटर लामिछानेले आफ्ना लागि नयाँ प्रतियोगिता भएकाले पनि यस प्रतियोगिताबाट सिकेको ज्ञानलाई नेपाली क्रिकेटमा लागु गरिने जानकारी दिए । आइपिएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार  २ : ३७ बजे