२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

प्रधानमन्त्री ओलीले बालुवाटारमा किन बोलाए सबै विदेशी राजदूतलाई ?


बुद्धवीर बाहिङ

१३ चैत्र २०७४, मंगलबार  

112
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा काठमाडौंमा भएका सबै विदेशी राजदूतहरुलाई ब्रिफिङ गर्ने भएका छन् । अन्तराष्ट्रिय समुदायसम्म सरकारको योजना र वैदेशिक नीति तथा कार्यक्रमको जानकारी गराउनको लागि सबै विदेशी राजदूतहरुलाई बालुवाटारमा बोलाएका हुन् ।

परराष्ट्र मन्त्रालयको आयोजनामा प्रधानमन्त्री ओलीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीति तथा कार्यक्रमबारे सामुहिक ब्रिफिङ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
बालुवाटारमा हुने ब्रिफिङमा ओलीले नेपालको विदेश नीतिका साथै नेपालमा अब स्थिर सरकार बनेकाले विकासमा साझेदारीको आह्वान समेत गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार  ४ : ११ बजे