सदनमा प्रधानमन्त्री र सेनापतिलाई यज्ञराजको प्रश्न: सेनाले व्यापार गर्ने कि सुरक्षा दिने ?

0 Shares

काठमाण्डाै, ३० भदाै । नेकपा एमालेका केन्द्रिय सदस्य तथा ओखलढुंगा निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले संसद बैठकमा सरकारले ४५ दिनभित्र सबै भुकम्प पीडितहरुलाई दिने भनेको ५० हजार कहिले पाइसक्छन् भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । yagyaraj-sunuwarसंसदको शून्य समयमा बोल्दै सांसद सुनुवारले ४५ दिनमा दिइ सक्ने भनेको अनुदान अहिलेसम्म गाउँमा नपुगेको भन्दै सरकारको आलोचना गरे । प्रधानमन्त्री प्रचण्डले ४५ दिनमा हेलिकोप्टरबाट भए पनि अनुदान बाड्ने भने पनि सरकार बनेको ४३ औं दिनमा प्रचण्ड आफै प्लेन चढेर दिल्ली गएको भन्दै सुनुवारले व्यङ्ग्य गरे ।
अर्को प्रसंगमा उनले १०–४ बजे सेवा दिने निजामति र २४ सै घण्टा ड्यूटी गर्ने सेना र प्रहरीको पेन्सन हुने अवधी एकै बनाउने प्रस्ताव अवैज्ञानिक भएको भन्दै संसोधन गर्न माग गरे । सेना, प्रहरीको पेन्सन हुने सेवा अवधि १६ वर्ष हुनु पर्नेमा जोड दिदै सुनुवारले पेन्सनपछि उनीहरुले व्यवसाय गरेर पनि जीवनस्तर सहज बनाउन सक्ने बताए ।
नेपाली सेनाले जग्गा प्लटिङ गरेको भन्ने समाचारका विषयमा पनि उनले सभामुख मार्फत सरकार र सेनाको ध्यानाकर्षण गराएका छन् । विशुद्ध व्यवसायिक सुरक्षाको जिम्मा पाएको सेनाले व्यापार गर्नु पर्ने कारण माग गर्दै उनले सेनाले जग्गा प्लटिङ गर्न नमिल्ने बताए । ‘सेनाको व्यवसायिक मर्यादा सुरक्षा दिने कि व्यापार गर्ने ?’ सुनुवारले प्रश्न गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार