२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

राष्ट्रपतिको सपथ वैधानिक की अवैधानिक ? सर्वोच्चमा बहस



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ वैधानिक की अवैधानिक भन्ने विषयमा सर्वोच्च अदालतमा बहस हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ बदरको माग गर्दै परेको रिट दरपीठ बदर गरेको हो ।

पराजुलीले २१ साउनमै अवकास पाएको देखिएको र न्याय परिषदले पत्रचार गरिसकेको अवस्थामा सपथको बैधता संवेदनशील प्रश्न भएको इजलासले बताएको छ ।
‘यस विषयलाई न्यायिक सुनुवाईमा प्रवेश हुन नदिनु उचित हुँदैन’ आदेशमा भनिएको छ ।
इजलासले कानुनी आधार तथा उचित र पर्याप्त कारण नखुलाई निवेदन दरपीठ गर्ने आदेश भएको भन्दै आदेशमा भनिएको छ, अन्य कुराको रीत पुगेको भए निवेदन दर्ता गरी अरु नियमानूसार गर्नू ।’

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार  १ : ५० बजे