३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

नेतृत्व परिवर्तनको विकल्प छैन—प्रकाशमान सिंह


१४ चैत्र २०७४, बुधबार  

35
Shares

नेपालगन्ज, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएको छ ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।”

नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो भने।

Sagarmatha

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ भने।

अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भने–“अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार  ११ : २९ बजे