६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

अर्थमन्त्री डा. खतिवडाले संसदमा भने, सरकारी ढुकुटी रित्तो छ [भिडियो सहित]



काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसदलाई जानकारी गराएका हुन् ।

अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।
देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताए ।
उनले अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक बताउँदै उनले गैरबजेटरी खर्चका नियन्त्रण हुन नसकेको बताए ।
उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको बताए । ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारण पनि समस्या आएको औंल्याए ।
खतिवडाले राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि चुनौती थपेको बताए ।
भिडियो हेर्न तल लिङ्कमा क्लिक गर्नुहोस ।
https://youtu.be/i0Ieuyj1PSw

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार  ३ : ०१ बजे