काठमाडौं । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले भूकम्प पिडितको घर कहिले बनिसक्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
शुक्रबारको संसद बैठकमा विशेष समयमा बोल्दै सांसद लामाले भूकम्प गएको दुई वर्ष वितिसक्दा पनि अझैसम्म घर बनि नसक्नुले यसप्रति सरकारको ध्यान जान जरुरी रहेको बताएका हुन् ।

सांसद लामाले पुनः निर्माणमा खटिएका कर्मचारी र स्थापना गरिएका कार्यालय चैतभित्र सरकारले खारेज गर्न लागेकाले भूकम्प पीडितको घर बनाई नसक्दासम्म खारेज गर्न नहुने आग्रह गरेका छन् । भूकम्प पीडितले जस्तो किसिमको घर बनाएको भए पनि त्यस्तो घरलाई पनि मान्यता दिई अनुदान रकम दिनु पर्ने लामाले बताए ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।
https://youtu.be/DPGTMCsDKWY
१६ चैत्र २०७४, शुक्रबार
1.5k
Shares







