काठमाडौं । जिमी (राई) उत्थान समाज सोलुको अध्यक्षमा पुनः यसबहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । जिमी (राई) उत्थान समाज सोलुको छठौं केन्द्रीय अधिवेशनले राईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

उपाध्यक्षमा क्रमशः सरित राई (हरिमाया) र जसिहाङ राई निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा विक्रमबाबु राई, सचिवमा भोजानन्द राई, कोषाध्यक्षमा बखतबहादुर राई र सहकोषाध्यक्षमा सिर्जना राई निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरुमा क्रमशः इन्द्रबहादुर राई, जे.वि. माइला, सुरज राई, केशव राई ‘युप्स’, बविता राई, महलकुमारी राई, मणिकुमार राई, कुन्जनी राई, किशोर राई, युगिन राई, गुणराज राई र देवधन राई सर्वसम्मत निर्वाचत भएका छन् ।
बाँकी ४ जना केन्द्रीय सदस्य भने नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने व्यवस्था छ । निर्वाचन अध्यक्ष मण्डलमा पूर्व सभासद गोकर्ण थुलुङ राई, पूर्व सांसद भूपाल किराती र मन बाहिङ रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष यसबहादुर राईले जिमी समुदायको उत्थानमा राज्यले ध्यान नदिएको भन्दै अबका दिनमा राज्यलाई दवाव दिने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । अधिवेशनमा सोलुखुम्बु जिल्लाबाट काठमाडौंमा बसोबास गर्ने किराती समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।
१७ चैत्र २०७४, शनिबार
308
Shares







