७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

सिद्धिचरणका महिलाहरुलाई घरेलु सहायक तथा क्लिनर तालिम



ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका सक्रिय महिलाहरुलाई ५ दिने घरेलु सहायक तथा क्लिनर तालिम दिएको छ । अवसर नेपालको प्राविधिक सहयोगमा नगरपालिकाले महिलाको स्तर अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा नगर क्षेत्रका ३८ जना महिलाहरु सहभागी थिए । महिलाहरुलाई स्वरोजगार र आत्म निर्भर बनाउन सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङ्गले बताइन् ।
तालिमको सहजीकरण अवसर नेपाल काठमाण्डौका प्रशिक्षकहरुले गरेका थिए । तालिम लिएका महिलाहरुलाई रोजगारीको अवसर दिलाउने संस्थाले जनाएको छ । आफुहरुले सिकेको सीप व्यवहारमा प्रयोग गर्ने सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार  ३ : २९ बजे