६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

क्षेत्रीय व्याटमिन्टन प्रतियोगिता सोलुखुम्बु हुदै

सोलुखुम्बुवाट ९ खेलाडी छनौट



ओखलढुंगा । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । शनिबारदेखी सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शुरु हुँदै छ । क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको संयोजनमा चैत्र २४ गते देखि २६ गते सम्म सदरमुकाम सल्लेरीमा रहेको कर्बड हलमा क्षेत्रीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका कार्यलय प्रमुख नेत्र प्रसाद घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन पूर्व खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका केन्द्रय अध्यक्ष पुरुषोत्तम पौडेलले गर्नेछन् भने समापन सांसद हेमकुमार राई सुरवीरले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताका अवसरमा नेपालकी चर्चित खेलाडी संगिता बैद्य समेत सोलुखुम्बु आउने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जानकारी दिएको छ ।
प्रतियोगितामा १६ वटा जिल्लाका १ सय ४४ जना खेलाडी सहभागी हुने छन् । महिला र पुरुषको सिंगल तथा डबल दुवै तर्फ गरी प्रत्येक जिल्लाबाट ८ जना खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिबि रानपालले जानकारी दिए । आयोजक टिमले प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको प्रतियोगिताका संयोजक राजकुमार गुरुङले बताए ।
सोलुखुम्बुवाट ९ खेलाडी छनौट
क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने सोलुखुम्बुका खेलाडीहरुको नाम टुंगो लागेको छ । बुधबारदेखि सल्लेरीमा भएको प्रतियोगिता मार्फत् ९ खेलाडी छनौटमा परेका छन् । सोलुखुम्बुवाट पुरुष खुल्ला तर्फ अर्जनु श्रेष्ठ, रघुनाथ खनाल, गंगाबहादुर राई र भक्तबहादुर राउत छनौट भएका छन् भने पुरुष १७ वर्ष मुनि दावा ग्याल्जेन शेर्पा र अर्जुन मगर छनौट भएका छन् । यस्तै महिला खुल्ला तर्फ बुलबुल पौडेल, बबिता राई र सुर्यकुमारी सुनुवार छनौट भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार  ९ : ५९ बजे