सर्वेन्द्र खनाल बने नयाँ आईजीपी, सशस्त्रमा शैलेन्द्र खनाल

238 Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।
डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।
सशस्त्रको कमाण्ड शैलेन्द्र खनाललाई
मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।
बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार