काठमाडौं । रोजगारीको शिलशिलामा दुई वर्षअघि साइप्रस पुगेका मिङमाडोमा शेर्पालाई पोर्तुगलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । बोनम्यारो रोगबाट पिडित शेर्पालाई रोजगारीको शिलशिलामा पोर्तुगलमा रहेका नेपालीहरुले ९६ हजार ५ सय २० रुपीयाँ आर्थिक सहयोग गरेका हुन् ।

साइप्रसको राजधानी स्थित एक साधारण अस्पतालमा उपचार गराइरहेका बिरामी शेर्पालाई थप उपचारको लागि जर्मनी लैजानु पर्ने भएकाले आर्थिक सहयोगको अपिल गरिएको थियो । समयमै बोनम्यारोको प्रत्यारोपण गर्नु पर्ने उपचारमा संलग्न डाक्टरहरुले सल्लाह दिएपछि शेर्पालाई आर्थिक सहयोग गर्न शेर्पा किदुक साइप्रसका पदाधिकारीहरुले विश्वमा भएका शेर्पा संघसँस्थालाई पत्राचार गरी आर्थिक सहयोगको अपिल गरेको थियो ।
बोनम्यारे पिडित शेर्पा अहिले थप उपचारको लागि जर्मनी पुगिसकेका छन् । सयमै राम्रो उपचार र बोनम्यारो प्रत्यारोपण गर्न सके बिरामीको स्वास्थ्य पहिलेको जस्तै हुने उपचारमा संलग्न डाक्टहरुले बताएका छन् ।
बिरामी शेर्पालाई विश्वका विभिन्न देशमा रोजगारीको शिलशिलामा पुगेका नेपालीहरुले आफूले सकेको सहयोग गरिरहेको पोर्तुगलबाट सोनाम शेर्पाले बताए ।
२७ चैत्र २०७४, मंगलबार
476
Shares







