६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

गाउँपालिकाका अध्यक्षमाथि सुतेकै ठाउँमा मुंग्रो प्रहार



ओखलढुंगा– ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल अज्ञात समुहको आक्रमणमा घाइत भएका छन् । माथि सुतेकै ठाउँमा आक्रमण भएको छ । मंगलबार राति १० बजे अज्ञात समुहबाट अध्यक्ष पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको हो । घाइते अध्यक्षको मंगलबार राति नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराईएको र थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले बताइन् ।
गाउँ पालिकाको केन्द्र यसममा क्वार्टरमा सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिको समुहले कोठाबाट बाहिर बोलाएर आफुमाथि कुटपिट गरेको अध्यक्ष पौडेलले बताए । ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस्, जरुरी काम छ भनेपछि म कोही जनता दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ’ अध्यक्ष पौडेलले भने–‘ढोकाबाट बाहिर निस्कनासाथ म माथि मुंग्रो आक्रमण भयो ।’ पौडेललाई गाउँपालिकको वडा नम्बर ९ पोकलीबाट आएको बताउने ४ जनाको समुहले मुङ्ग्रोले हानेर घाइते बनाएका हुन् । अध्यक्ष पौडेलले प्राथामिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ जाने बताए ।
आक्रमणबाट घाईते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलि खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छि औंलाको नङ सहितको भाग फुटेको छ । प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । अाक्रमणकाे कारण खुलेकाे छैन ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ४ : ४१ बजे