सोलुखुम्बु । लेक लागेर सोलुखुम्बुको मेरापिकमा एक जापानी नागरिकको मृत्यु भएको छ । मेरापिक शिखरमा पुगेपछि लेक लागेर जापान नागरिक कासाइ तादामित्सुको मृत्यु भएको हो ।
महाकुलङ गाउँपालिका १ मा पर्ने मेरापिकको शिखरमा उनको लेक लागेर मृत्यु भएको बताइएको छ । सोमबार नै उनको शव आधार शिविरमा ल्याएर लुक्लाबाट जहाजमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
मेरापिक पिकहरुमध्ये अारोहिहरुको लागि खतरनाकनै मानिन्छ । यस पिक आरोहण गर्दा वर्षेणी आरोही तथा सहयोगीहरुको मृत्यु हुने गरेको छ ।







