काठमाडौं । वाईसीएल नेपाल गैर भुगोल प्रदेश १ कमिटिले नयाँ वर्षको अवसरमा प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आउने वैशाख ५ गते काठमाडौंमा वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष दिपशिखाको प्रमुख आतिथ्यतामा प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिन लागेको हो ।

प्रदेश नं १ का युवाहरुलाई लक्षित गर्दै प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वाईसीएल नेपाल प्रदेश १ गैर भुगोलका इञ्चार्ज तथा केन्द्रीय सदस्य हेमचन्द्र राई “प्रकाण्ड” ले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा प्रदेश १ बाट काठमाडौंमा बसोबास गर्ने युवाहरुको उल्लेख्य सहभागीता रहने समेत इञ्चार्ज राईले बताए ।
कार्यक्रममा सांगठनिक र वैचारिक विषयलाई प्राथमिकतामा राखेर प्रशिक्षण दिइनेछ । प्रशिक्षण कार्यक्रमलाई माओवादी केन्द्रका शीर्ष नेताहरु, संघीय संसदका सांसदहरु, प्रदेशसभाका सांसदहरुले सहजिकरण गर्ने कार्यक्रम रहेको इञ्चार्ज राईले बताए ।
प्रशिक्षण कार्यक्रममा शुभकामना आदानप्रदान हुने समेत इञ्चार्ज राईले बताए । प्रदेश १ बाट काठमाडौंमा बसोबास गर्ने युवाहरुलाई कार्यक्रममा उपस्थितिका लागि समेत राईले आग्रह गरेका छन् ।
२८ चैत्र २०७४, बुधबार
196
Shares







