काठमाडौं । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।

अवकाश पाउने एआईजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, विजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ र पशुपति उपाध्याय छन् ।
त्यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेनसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुष्कल रेग्मी छन् ।
उनीहरूसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुहरि गौतमले पनि अवकाश पाएका छन् ।

अवकाश पाउने प्रहरी उच्च अधिकारीहरुलाई विदाइ गर्नका लागि प्रहरी प्रधान कार्यालयले विदाइ समारोहको आयोजना गरेको छ । साँझ ६ बजे एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाइ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज नेउपानेले बताए ।
२८ चैत्र २०७४, बुधबार
182
Shares







