काठमाडौं । हङकङमा पारिजात स्मृति दिवस मनाइने भएको छ । रोजगारीको शिलशिलामा हङकङ पुगेका नेपालीहरुले स्थापना गरेको नेपाली भाषा तथा साहित्य परिषद हङकङको आयोजनामा पारिजात स्मृति दिवस तथा पारिजात पुरस्कार २०१७ प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।

स्मृति दिवसमा नेपाली साहित्यका एक जना स्रष्टालाई ‘पारिजात पुरस्कार २०१७’ वितरण गरिने छ । हङकङबाट प्रकाशित नेपाली भाषाको साहित्यिक कृतिहरुमध्येबाट उत्कृष्ठ एक कृतिका स्रष्टालाई पुरस्कार प्रदान गरिने नेपाली भाषा तथा साहित्य परिषद हङकङका अध्यक्ष किसन राईले बताए । पुरस्कारको राशी २ हजार २ सय २२ हङकङ डलर र ताम्रापत्र रहेको छ ।

कार्यक्रमको प्रमुख अतिथि साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला हङकङ पुगिसकेका छन् । कार्यक्रम यहि अप्रिल १५ तारिख साँझ ७ बजे चुम्लुङ हिम जोर्डनमा सञ्चालन हुने अध्यक्ष राईले बताए ।
कार्यक्रमको संयोजन हङकङ नेपाली फाउण्डेसनले गरेको छ ।

२९ चैत्र २०७४, बिहिबार
210
Shares







