५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

विकास निर्माणमा सबै दल एक हुनुपर्ने:नेता सिटौला



भद्रपुर, १२ भदौ । नेपाली काङ्ग्रेसका नेता तथा संसद् सदस्य कृष्णप्रसाद सिटौलाले विकास निर्माणका काम कुनै एक दलको मात्र नभइ साझा भएकोले सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।
प्रेस क्लब भद्रपुर कार्यालय भवन उद्घाटन एवम् पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी चैत महिनाभित्र स्थानीय निकायको निर्वाचन गरिसक्नुपर्ने नयाँ संविधानको मर्म रहेकाले यसतर्फ राजनीतिक दल सकारात्मक सोचले अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सञ्चार क्षेत्रको सक्रियताबाट नै समाज सधैँ अग्रगतितर्फ जाने विचार व्यक्त गर्नुभयो ।
स्थानीय विकास अधिकारी खेमराज ओझाले सञ्चारकर्मीले सत्य, तग्य विषयलाई उजागार गर्नसके समाज अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०७३, आइतबार  ७ : ५८ बजे