४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

पाकिस्तानमा रेल दुर्घटना पाँचको मृत्यु एक सय घाइते



इस्लामाबाद, ३० भदौ । पाकिस्तानको मध्यभागमा पर्ने पञ्जाब प्रान्तको मुल्तान जिल्लामा बिहीबार बिहान यात्रुवाहक रेल अर्को कार्गो रेलसँग एक आपसमा ठोक्क्ँिदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सयभन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएको छ ।

स्थानीय टेलिभिजन च्यानल जियोका अनुसार सो दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई सो जिल्लाको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

उद्धारकर्ताका अनुसार यात्रुवाहक रेलको डिब्बामा अझै पनि व्यक्तिहरु फसेर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : ३० भाद्र २०७३, बिहिबार  ४ : ४३ बजे