२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

सोलुखुम्बु फाप्लुमा अत्याधुनिक प्रसुति केन्द्र सञ्चालनमा


२ बैशाख २०७५, आइतबार  

189
Shares

सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुमा अत्याधुनिक सुविधा भएको प्रसुति केन्द्र सञ्चालनमा आएको छ । नेपाल माउण्टेन मोबाइल हस्पिटल बेल्जियमको आर्थिक सहयोगमा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुले निर्माण गरेको अत्याधुनिक सुविधा भएको प्रसुती केन्द्र सञ्चालनमा आएको हो ।

सोलुखुम्बु प्रदेशसभा ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई जिल्ला भरी फैलाउन आफूले प्रदेश सरकारसँग समन्वय गर्ने बताए । सोलुखुम्बुमा स्वास्थ्यका क्षेत्रमा विभिन्न क्षेत्रले गरेको पहल सकारात्मक भएको समेत राजभण्डारीले बताए ।
हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राई, सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पा लगायतले मन्तव्य राखेको थिए ।
प्रसुतिको समयमा महिला स्वास्थ्यमा देखिने जोखिमलाई कम गर्न र गुणस्तरीय सेवा प्रवाहमा सहयोग गर्न प्रसुति केन्द्र निर्माण भएको अध्यक्ष शेर्पाले बताए । निर्माण सम्पन्न भएको उक्त भवनवाट जिल्ला अस्पताल फाप्लुले सेवा प्रवाह गर्ने बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७५, आइतबार  २ : ०३ बजे