कम्बोडियाली विदेशमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

0 Shares

न्होमपेन्ह, ३० भदौ । आगामी सेप्टेम्बर २० देखि २५ सम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन जानुहुने भएको छ ।

आगामी सेप्टेम्बर २० देखि २५ तारेखसम्म न्युयोर्कमा सम्पन्न हुन लागेको राष्ट्रसङ्घीय महासभामा कम्बोडियाली प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै विदेशमन्त्री सोखोन जान लाग्नुभएको सरकारद्वारा बिहीबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

महासभा सुरुहुनु पूर्वअधिवेशन न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घीय मुख्यालयमा गतः मङ्गलबारदेखि नै चालू भइसकेको छ । कम्बोडियाली विदेशमन्त्री सोखोनले महासभामा प्रस्तुत गर्नुहुने मूल विषयवस्तुको शीर्षक ‘दिगो विकासको लक्ष्य विश्व रुपान्तरणको दिशामा सार्वलौकिक प्रयत्न’ रहने कुरा कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ ।

महासभाको शुन्यसमय (साइड लाइन्स)मा कम्बोडियाली विदेश मन्त्रीले राष्ट्रसङ्घीय ७१औँ महासभाध्यक्ष फिजिका पिटर थोम्पसनको सभापतित्व र राष्ट्रसङ्घीय महासचिव बान कि मुनको उपस्थितिमा आयोजना हुने दक्षिणपूर्वी राष्ट्रहरुको सङ्गठन (आसियान)का विदेश मन्त्रीहरुको वैठकमा पनि भाग लिनु हुनेछ ।

महासभा, संयुक्त राष्ट्रसङ्घका सदस्यराष्ट्रका प्रतिनिधि भेला भइ विश्वव्यापी नीति निर्माण गरिने तथा विश्वव्यापीरुपमा चासो रहने अन्य मामिलाका सम्बन्धमा गहन विचार विमर्श तथा निर्णय गरिने प्रमुख थलो र निकाय हो ।

हाल संयुक्त राष्ट्रसङ्घमा एकसय त्रियान्नब्बे सदस्यराष्ट्रहरु छन् र साना हुन् वा ठूला प्रत्येक सदस्यराष्ट्रसँग एक भोट हाल्ने अधिकार रहन्छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार