२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

धानमन्त्री ओलीद्धारा उद्घाटन


२४ बैशाख २०७५, सोमबार  

7
Shares

काठमाडौँ, २४ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज यहाँ उद्घाटन गरे ।

तीनदिने उच्चस्तरीय बैठकमा यस क्षेत्रका नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बैठकमा सबै बालबालिकालाई विद्यालय पढ्न पाउने अवसर कसरी सिर्जना गर्ने र विद्यालय भर्ना भएका ती बालबालिकालाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल हुनेछ । यस क्षेत्रका ५–१४ उमेर समूहका तीन करोड बालबालिकाले अझै विद्यालयमा प्रवेश पाएका छैनन् ।

संयुक्त राष्ट्र संघीय बालकोष ९युनिसेफ०द्वारा आयोजित सो बैठकमा यस क्षेत्रका मुलुकहरुले शिक्षा क्षेत्रलाई महत्व दिए पनि अपेक्षित नतिजा पाउन किन सकेका छैनन् भन्ने विषयमा पनि आपसी छलफल हुनेछ ।

Sagarmatha

युनिसेफका अनुसार यस क्षेत्रका प्राथमिक तहको शिक्षा लिनबाट एक करोड बालबालिका वञ्चित छन् भने दुई करोड बालबालिकाले सो भन्दामाथिको माध्यमिक शिक्षासमेत पाउँदैनन् ।

सन् २०३० सम्मको दिगो लक्ष्य प्राप्तिका लागि यस क्षेत्रका मुलुकले बालबालिकालाई विद्यालय शिक्षाको अवसरमा जोड दिन युनिसेफले जोडसमेत दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई विद्यालय शिक्षा लिन सक्ने वातावरण मिलाउन नेपाल सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।

उहाँले बालबालिकालाई विद्यालयमा शिक्षा दिन विशेष भर्ना अभियान नै सञ्चालन गरिराखेको जानकारी दिँदै उनीहरुले आफ्नो अध्ययनलाई निरन्तरता दिनसक्ने वातावरणसमेत मिलाइएको बताए।

गुणस्तरीय शिक्षा पाउनु बालबालिकाको मौलिक अधिकार नै रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले दक्षिण एशियाका क्षेत्रमा गरिबीको असर शिक्षा क्षेत्रमा परेकाले गरिबी निवारणमा जोड दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने “दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिनुपर्छ ।”

सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार  ८ : ४० बजे