५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

विनियोजन विधेयक २०७५ मा सैद्धान्तिक छलफल


१ जेष्ठ २०७५, मंगलबार  

7
Shares

रुपन्देही, प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु ९कर प्रस्तावबाहेक० का सम्बन्धमा आज छलफल भएको छ ।

k|b]z–# sf] k|b]z;ef a}7s
k|b]z–# sf] k|b]z;efsf] d+unaf/ a;]sf] a}7ssf] cWoIftf ub}{ ;efd’v ;fg’s’df/ >]i7 . Tfl:a/ M c~hnL yfkf, x]6f}+8f, /f;;

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले विनियोजन विधेयकले असमानताका दूरी कम गर्दै कृषि उत्पादकत्व बढाउने सरकारको योजना प्रसंशनीय भएको बताए ।

प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले कृषि उत्पादकत्व बढाउने विषयलाई बजेटले प्राथमिकता दिएको उल्लेख गर्दै उत्पादनशील जमीनमा भएको अतिक्रमण हटाउन आवश्यक भएको बताए ।

Sagarmatha

अर्का सदस्य कमलराज श्रेष्ठले बजेटका कार्यक्रम जति राम्रो भए पनि कार्यान्वयन फितलो भए त्यसले परिणाम राम्रो नल्याउने धारणा व्यक्त गर्दै देशमा सरकारभन्दा ठेकेदार ठूला देखिएका छन्, त्यसैले ठेकेदारी प्रथाको अन्त्य जरुरी छ भने ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले प्राचीन कपिलवस्तुलाई जोडेर पर्यटकीय शहर बनाउन जोड दिँदै लगानीमैत्री प्रदेशका रुपमा ५ नं प्रदेशलाई स्थापित गराउनुपर्ने बताए।

यसैगरी अर्का सदस्य कृष्णप्रसाद न्यौपानेले पर्यटन, उद्योग र कृषिलाई जोड दिए त्यसले दिगो लक्ष्य हासिल गर्न सहज हुने बताए।

सदस्य फकरुद्दिन खाँले राजनीतिक पहुँचका आधारमा बजेट जाने र कहीँ बजेटको चाङ लाग्ने विषयले समृद्धि हासिल हुन नसक्ने बताए ।

अर्का सदस्य उत्तरकुमार ओलीले दाङको पश्चिम क्षेत्र चौधरीको बाहुल्यता रहेको क्षेत्र भएकाले चौधरीको साक्षरता बढाउन थारू भाषालाई ऐच्छिक भाषाका रुपमा पाठ्यक्रममा सम्बोधन गर्नुपर्नेमा जोड दिए।

अर्का सदस्य सन्तोषकुमार पाण्डेले विदेशिने युवालाई रोक्न नयाँ योजना ल्याउनुपर्नेमा जोड दिए ।

छलफलमा प्रदेश सभा सदस्य दीपेन्द्रकुमार अधिकारी, वैजनाथ कलवार, कमलादेवी विक, सरस्वती गौतमलगायतले भाग लिँदै विनियोजन विधेयकले जनताका आधारभूत समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । छलफल जारी रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलबार  १ : ०३ बजे