७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

संघीय संसदमा नयाँ वरीयता

सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड



काठमाडौं । एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएको संसदलाई पनि जानकारी गराएका छन् । संसदको शुक्रबारको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई मिलेको जानकारी दिए । तत्कालीन एमाले र माओवादीका नेताहरु अब सत्तारुढ बेञ्चमा नयँ वरियताक्रमअनुसार बसेका छन् ।

नेकपाको वरीयताक्रम अनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् । प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार  ११ : २९ बजे