७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

सोभियत कम्युनिष्ट पार्टी टुक्रा भएको यथार्थ बुझ्न आग्रह


४ जेष्ठ २०७५, शुक्रबार  

56
Shares

भक्तपुर,नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले
नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनाइ गलत भएको बताएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “सोभियत सङ्घको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो तर सैद्धान्तिक रुपमा आत्मसात् गर्न नसक्दा देश नै टुक्राटुक्रा भयो, यो यथार्थलाई नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बुझ्नु जरुरी छ ।”

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाललाई आर्थिक व्ययभार मात्रै थपेको तर उपलब्धि केही नभएको बताउँदै उहाँले मोदी फर्किएलगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले यसको पुष्टि गरेको जिकिर गर] ।

उहाँले पञ्चायतकाल जस्तै काँग्रेस, एमाले र माओवादी नेतृत्वका सरकारले पनि अधिनायकवादी शैलीमै काम गरेको टिप्पणी गर्दैसरकारले सिंहदरबारको अधिकार स्थानीय तहमा पु¥याउन नसकी सिंहदरबारमै केन्द्रित गरेको आरोप लगाP ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार  १२ : २८ बजे