Minister for Information and Communication, Sher Dhan Rai briefing the Cabinet decision held today’s evening at Singha Durbar, to the journalist in Kathmandu on Tuesday, November 24, 2015.. Photo: RSS
इटहरी, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन छलफल र परामर्श गरिरहेको बताएको छ ।
मुख्यमन्त्री राईले सुनसरीको धरान–१७ साकेलापार्कमा किरात राई यायोक्खा जिल्ला कार्यसमितिको आयोजनामा ‘प्रारम्भिक गाउँस्तरीय साकेला सिली उभौली चण्डी नाच प्रदर्शनी–२०७५’ समापन कार्यक्रममालाई सम्बोधन गर्दै जनअनुमोदित संविधान अन्तर्गत बनेको प्रदेश सरकारले यही प्रदेशको जनताको चाहना र भावना बुझेर नै प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिनेमा ढुक्क हुन आग्रह गरे ।
“बहस र छलफल गरिरहेका छौँ, सबैको सहमति अनुसार नै निर्णय गछौँ,” उहाँले भने । मुख्यमन्त्री राईले प्रदेशको
विकास र समृद्धि अहिलेको आवश्यकता भएको बताए ।