५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

आगामी फागुन १९ देखि सङ्घीय महाधिवेशन



काठमाडौँ, ३१ भदौ । नयाँ शक्ति पार्टी नेपाल निकट राष्ट्रिय युवा अभियानले आगामी फागुन १९ देखि २१ गतेसम्म सङ्घीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यही भदौ २७ र २८ गते बसेको प्रथम विस्तारित बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष कमल शाहीले आगामी कात्तिक मसान्तसम्म जिल्ला नगर, गाउँपालिका र प्रारम्भिक समितिको बैठक सम्पन्न गर्ने जानकारी दिनुभयो ।

प्रारम्भिक समितिदेखि प्रदेशसम्मको प्रथम अधिवेशन मङ्सिर १ गतेदेखि मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

महाधिवेशन व्यवस्थापन कार्यविधि निर्माण कार्यदलको संयोजक सन्देश कार्की, प्रस्तावित विधान मस्यौदा निर्माण कार्यदल संयोजक जनक पाण्डे, महाधिवेशन निर्वाचन कार्यविधि निर्माण दल संयोजक वीरेन्द्र श्रेष्ठ, साङ्गठनिक कार्यक्रम निर्माण कार्यदल संयोजक सौगात पोख्रेललाई जिम्मेवारी बैठकले दिएको छ ।

जनजीविकाका लागि देशव्यापी दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, एक युवा, एक उद्यम, रोजगार, स्वरोजगार तालिम सञ्चालन गर्ने र सो कार्यक्रमलाई देशभर फैलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७३, शुक्रबार  १० : ४१ बजे