ओखलढुंगामा नेपाल टेलिकमको थ्रीजि सेवा शुरु

7 Shares

ओखलढुंगा, ३१ भदौ । नेपाल टेलिकमले ओखलढुंगाका चार ठाउँबाट थ्रीजि सेवा शुरु गरेको छ । सदरमुकाम ओखलढुंगामा दुई तथा मानेभञ्ज्यांग र रुम्जाटारमा थ्रीजि सेवा शुरु गरेको छ । सरकारको ७२ जिल्लामा थ्रिजी सेवा पुर्याउने लक्ष्य अनुसार ओखलढुंगाका चार स्थानबाट थ्रीजि सेवा शनेपाल टेलिकम ओखलढुंगा शाखाका प्रमुख कारी यादवले बताए ।

आर्थिक वर्ष २०७२÷०७३ मा सेवा सुचारु गर्ने लक्ष्य लिइए पनि उपकरण ढुवानीमा यातायातको समस्याले ढिलो भएको यादवको भनाइ छ । मानेभञ्ज्यांगबाट थ्रीजि सेवा शुरु भएको छ भने अन्य तीन स्थानबाट परिक्षण भइरहेको कार्यालयले जनाएको छ । आजैबाट सेवा सुचारु गर्ने गरी प्राविधिक खटाइएको यादले जानकारी दिए ।
सुचना तथा संचार मन्त्रालयको कार्ययोजना अनुसार सबै जिल्लामा थ्रीजि सेवा पुर्याउने लक्ष्य अनुसार ०७२ जेठ १५ गते सेवा सुचारु गर्ने तयारी गरे पनि उपकरण ढुवानीमा ढिलाइ हुँदा रोकिएको थियो । थ्रीजिसँगै टुजी पनि अनिवार्य रुपमा राखिने भएकाले थ्रीजि नचल्ने ठाउँमा टुजी चल्ने गरि अतिरिक्त सेवा सुचारु गरिने टेलिकमले जनाएको छ ।
यस सेवाबाट ओखलढुंगा र आसपासका क्षेत्रका ग्राहक लाभान्वित हुने र थ्रीजि ७ एमविपिएस र टुजि ३ सय ८४ केबि पिएसको गतिमा सुचारु हुने प्राविधिकहरुले बताएका छन् । त्यस्तै जन्तरखानी र निसंखेमा टेलिकमको टावर निर्माणको क्रममा रहेकोले सम्पन्न भएपछि टुजि सेवा विस्तार हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार