हस्त लिखित फिराद अदालतमा दर्ता नहुने

0 Shares

ओखलढुंगा, ३१ भदौ । ओखलढुंगा जिल्ला अदालतले हस्त लिखित फिरात पत्र तथा लिखत दर्ता नगर्ने भएको छ । हस्त लिखित फिराद वा लिखत नुबुझिने, अस्पष्ट हुने समस्या आएकाले दर्ता नगर्ने निर्णय अदालतले गरेको छ ।
जिल्ला न्यायधीश उद्धवप्रसाद भट्टराईका अध्यक्षतामा आज बसेको बैठकले कम्प्युटर टाइप गरेर आएका लिखत मात्र दर्ता गर्ने निर्णय गरेको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । सरकारी वकील, कानुन व्यवसायीहरुसँगको संयुक्त बैठकले अदालतमा पेश हुन आएका कागजात हस्त लिखित प्रयोग नगर्ने सहमति भएको भट्टराईको भनाइ छ ।
निर्णय कार्यन्वयन आजैबाट हुने र कम्प्युटर टाइपबाट आएका कागजात अध्ययन गर्न र निर्णय गर्न छिटो र सजिलो हुने भएकाले न्याय सम्पादनमा चुस्तता आउने अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार