ओखलढुङ्गालाई ११ स्थानीय तह बनाउने प्रस्ताव किन भयो अस्वीकार ! के छ यसको रहस्य ?

Facebook Debugger

शिवप्रसाद ढुङ्गाना/ओखलढुंगा, १ असोज । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सख्या तथा सिमाना निर्धारण आयोगले ओखलढुंगाबाट प्रस्ताव गरिएको १० गाउँ पालिकाको प्रस्ताव अस्वीकार गरेको छ । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले आयोगमा पेश गरेको प्रस्ताव मापदण्ड विपरित रहेको भन्दै अस्वीकार गरेको हो ।
जिल्लाको सिफारिस आयोगले अस्वीकार गरेको स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले बताएका छन् । आयोगको मापदण्डले जिल्लाका सबै क्षेत्र समेट्न नसक्ने भन्दै सर्वपक्षीय सहमतिमा समितिले ११ स्थानीय तह बनाउन प्रस्ताव गरेको थियो । जिल्लाबाट स्थानीय तहको संख्या, केन्द्र र वडा समेत विभाजन गरेर पठाए पनि अस्वीकार गरेकाले दलहरुलाई पुनः छलफल गर्न स्थानीय विकास अधिकारीले आग्रह गरेका काँग्रेस नेता रुद्र अधिकारीले बताए । उनका अनुसार ओखलढुंगामा आयोगले तोकेका सात संख्या पनि बढी छ । उनले तीन नगरपालिका र ४ गाउँ पालिका बनाउनु पर्ने विचार अघि सारेका छन् ।
सर्वदलीय संयन्त्रले ओखलढुंगालाई १० गाउँपालिका र एक नगरपालिका बनाउने प्रस्ताव गरेको थियो । आयोगले भने ओखलढुंगामा बढीमा ६ गाउँ गाउँपालिका र एक नगरपालिकासहित सात स्थानीय तह बनाउन मापदण्ड तोकर पत्राचार गर पनि संख्या थोरै भएको भन्दै राजनीतिक दलहरुले स्थानीय निकाय पुनः संरचना प्राविधिक सहयोग समितिलाई १० गाउँ पालिका बनाउन सुझाव दिएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार